animated ellipse animated ellipse

दक्षिण कोरियामा पुग्यो ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नाम पुस्तक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७८, मंगलवार २१:२६
585
Shares
दक्षिण कोरिया / पत्रकार नारायणभक्त राईले लेखेको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नाम पुस्तक दक्षिण कोरियामा वितरण गरिएको छ । उक्त पुस्तकमा केही महिना अगाडि बिमोचन गरेपछि पुस्तक दक्षिण कोरियामा पनि पुगेको हो ।

किरात राई समुदायमा रहेको प्राचीन प्रथा अथवा कानुनहरू समाबेस गरिएको छ । सो पुस्तकलाई किरात राई समुदायको संविधान, ऐन, नियम, कानुनहरूको सँगालो हो, भन्दा अन्यथा हुँदैन । जानकारहरूको अनुसार किरात राई समुदायको प्रथामा आधारित कानुनमा लेखिएको यो नै पहिलो पुस्तक हो ।
किरात राई समुदायमा विद्यमान रहेको प्रथाजनित कानुन किरात राई समुदाय आफैले विकास गरेका हुन् । प्रथाजनित कानुन राई समुदायले आफैले आफ्नो समुदायलाई सुव्यवस्थित गर्नका लागि निर्माण गरिएको व्यवस्था हो । हजारौँ वर्षअघिदेखि स्थापित ती मूल्य मान्यताहरू राई समुदायमा आज पनि जिवित छन् ।

किरात राई समुदायको प्रथाजनित कानुन भनेको किरात राई समुदायमा नेपालको कानुन भने जस्तै हो । किरात राई समुदायमा प्रथाजनित कानुनको विपरित गए नेपालको कानुनमा जस्तै दण्ड सजाय भोग्नु पर्दछ ।

आयोजकको सक्रिय-सक्रियतामा कार्यक्रम भएको थियो । कोरोना भाइरसको प्रभावको कारण सीमित व्यक्तिहरूको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको थियो ।
दक्षिण कोरियामा यश वर्षको उभौली साकेला पर्व पनि मनाएको छ । कार्यक्रम किरात राई यायोक्खा दक्षिण कोरियाको आयोजनामा भएको हो । उभौली साकेला दक्षिण कोरियाको राजधानी सउल(सियोल)स्थित दोङदेमुनमा भएको थियो । यस वर्षको उभौली चाड साकेला एक आपसमा आत्मीय र भावनात्मक रूपमा शुभकामना आदन प्रदान गरेर मनाएका छन् ।

किरात राई समुदाय रहेको विश्वका विभिन्न स्थानहरूमा उभौली मनाइएको छ । कोरियामा यस वर्षको साकेला मिष्ठान्न भोजन, साकेला सिली र पुस्तक अध्ययन गर्दै मनाएका छन् । उनीहरूले दोङदेमुनको खुल्ला आकाशमा धुप-धुवाँरो गरी प्रकृतिसँग बल माग्दै यस वर्षको उभौली मनाएका छन् ।

प्रकृतिलाई धुप-धुवाँरो गरेपश्चात सोहि स्थानमा बसोबास गर्ने ध्यान राईको भवनमा साकेला सिली गरेक(९नाचेका) थिए । उभोली साकेला जीवन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर