animated ellipse animated ellipse

प्रदेश १ सरकारद्धारा कोरोनाको खर्च सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ असार २०७७, मंगलवार २०:४७
3
Shares
विराटनगर / प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ ।

खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा गरेको खर्चबारे प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजको प्रदेशसभा वैठकमा खर्च बिवरण सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापनमा रकम खर्च गरेको छ । यस्तै जिल्ला समन्वय समितिहरूलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी व्यवस्थापनलगायतका शीर्षकमा पनि कोषको रकम खर्च गरिएको कार्कीले स्पष्ट पारे । कार्कीका अनुसार हालसम्म प्रदेश सरकारले १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रदेश जनसुरक्षा कोषमा हाल ९ करोड ६९ लाख रुपैयाँ नगद मौज्दात रहेको पनि मन्त्री कार्कीले जानकारी दिए । प्रदेश जनसुरक्षा कोषमा हालसम्म २९ करोड ५१ लाख ७३ हजार रुपैयाँ रकम जम्मा भएको छ । प्रदेश जनसुरक्षा कोषमा जम्मा भएको रकम मन्त्रालयगत रुपमा निकासा गरिएको छ । कोरोना जनसुरक्षा कोषमा भएको रकम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २ करोड, आन्तरिक मामिलामार्फत १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालयमार्फत २ करोड ४८ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयले ३ करोड ३० लाख र संघीय सरकारबाट ३ करोड ३० लाख रुपैयाँ प्राप्त भएको पनि कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर