animated ellipse animated ellipse

अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ श्रावण २०७७, मंगलवार २१:१४
3
Shares
वेलबारी / क्लिनिकबाट अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।

मोरङको बेलवारी नगरपालिका ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङकुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनी रहेका बेलवारी ५ का २३ बर्षीय शिवजी चौधरी तथा धरान(१७ का २१ बर्षीय किशनलाल थारुलाई पक्राउ गरिएको हो ।

क्लिनिकबाट क्लिनिकबाट ट्रामाडोल क्याप्सुल ५० एमजी १३हजार ६ सय क्याप्सुल, डेकोलिक २ हजार क्याप्सुल, स्पास्पो २८० क्याप्सुल, एन्टीकफ ७५० क्याप्सुल, एसिडल एक हजार क्याप्सुल, प्रेगासोफ्ट ९६० क्याप्सुललगायत प्रतिबन्धित औषधि बरामद गरेको हो । अबैध औषधी सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर