AArya
RUMPUM
animated ellipse animated ellipse

साहित्यकार बरालको चौथो कृति ‘प्रतीकवाद’ विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७९, शनिबार १९:३०
3
Shares
विराटनगर / साहित्यकार हरिप्रसाद बरालद्वारा लिखित ‘प्रतीकवाद’ कृतिको आज विमोचन गरिएको छ ।

विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेएका वरिष्ठ समालोचक प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ साहित्यकार दधिराज सुवेदी चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाउने, साहित्यकार मेदिनीप्रसाद शर्मा नेपाल, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

साहित्यकार रामबाबु दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कविता केशरीले लेखक बरालको परिचय प्रस्तुत गरिन् । विमोचित कृतिका विषयमा वरिष्ठ साहित्यकार दधिराज सुवेदी र समालोचक डा. टुनराज भट्टराईले समीक्षा गरे ।

सो अवसरमा कवि भूषण ढुंगेल, हरि कट्टेल, भरत गुरागाईं, शिवनारायण पण्डित ‘सिंगल’ मीनकुमार नवोदित, रामसगार अधिकारीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर