खबर पूर्वाञ्चल
नेपालको पहिलो पत्रिका गोरखापत्रको आफ्नै इतिहास र विरासत रहेको चर्चा गर्दै मन्त्री शर्माले सरकारी सञ्चार माध्यमले सरकारका उलब्धि जनता माझ तथा जनताका आवश्यकत र समस्या सरकार माझ लैजान पुलको काम गर्नु पर्ने कुरामा जोड दिइन् ।
सरकारको प्रवक्त्ता समेत रहेकी मन्त्री शर्माले सार्वजनिक प्रशासन ऐनको तर्जुमा भइरहेको जानकारी दिँदै सरकारले गरेका काम व्यवस्थित ढङ्गले जनता समक्ष लैजान संस्थानका पदाधिकारीहरुलाई निर्देशन दिइन् ।
उनले सामाजिक सञ्जाल र मिडियालाई जिम्मेवार बनाउनु आवश्यक रहेको बताउँदै गोरखापत्रले विशेष लेख र सम्पादकीयहरु प्रकाशन गरेर पढ्न योग्य बनाउनु पर्ने कुरामा जोड दिइन् । व्यक्त्तिले गरेको गल्ति व्यवस्थासँग गास्न नहुने जिकिर गर्दै मन्त्री शर्माले परिवर्तित व्यवस्थालाई बलियो बनाउन गोरखापत्रले लेख र रचनाका माध्यमबाट माहौल राम्रो बनाउन थप निर्देशन दिइन् ।
गोरखापत्र संस्थानले दक्ष जनशक्त्ति प्रकाशन गृहमा राख्नु पर्ने भन्दै मन्त्री शर्माले नेपालीको भेषभुषा र संस्कृतिलाई समेटि सिर्जनात्मक ढङ्गले जनताका माझ लैजानु पर्ने बताइन् ।