पूर्वाञ्चल खबर
विराटनगर १२ सैनिक टोल नजिक सडक छेउमा आज सांझ ५ बजेको समयमा मृत अवस्थमा भेटिएका हुन् ।
५० वर्षिय मृतक वृद्धा लामो समयदेखि सडकमा मागेर हिडडुल गर्ने गरेको स्थानियले बताएका छन् । उनले आफ्नो नाम महेश मरिक रहेको बताउँने गरेको स्थानियले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । बेवारिसे अवस्थामा वृद्धाको मृत अवस्थामा शव भेटिएपछि इप्रका रानीका प्रहरी निरीक्षक राउतको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । अहिले प्रहरी टोली घटना स्थलमा पुगेर घटना मुचुल्का र शव पोस्माटमको लागि विराटनगरस्थित कोशी अस्पतल लैजाने तयारी गरेको छ ।
‘शवको प्रकृति हेर्दा चोटपटक पनि देखिएको छैन,’ प्रहरी निरीक्षक राउतले भने, ‘घटना मुचुल्का उठाएर अहिले अनुसन्धान भइरहेको छ । पोस्माटम रिपोर्ट पछि थप विषय खुल्नेछ ।’ के कारणले मृत्यु भएको पोस्माटम रिपोर्टपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।