पूर्वाञ्चल खबर
विराटनगर–निल सदन दक्षिणमा अत्याधुनिक सुविधासम्पन्न भवनमा सञ्चालनमा आएको यस कलेजमा एसइईमा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीहरूले भर्ना भएका छन् ।
कलेजका अनुसार ४ जिपिए ल्याउने नारायण लुइँटेल, नितेश यादव र आदर्श घिमिरेले उच्च शिक्षाका लागि मार्टर्स मेमोरियल रोजेका हुन् ।
विद्यार्थी नारायण लुइँटेलले मोरङको ग्रामथान गाउँपालिका–२ स्थित शारदा सेकेण्डरी स्कुलबाट एसइई दिएका थिए । त्यस्तै, नितेश यादवले विराटनगरको मोर्डन एरा स्कुल र आदर्श घिमिरेले विराटनगर–४ जामुनगाछीस्थित मदरल्याण्ड एकाडेमीबाट एसइई उत्तीर्ण गरेका हुन् ।
कलेजले आज साँझ आयोजना गरेको एक कार्यक्रममा ती विद्यार्थीहरूले आफूहरूले किन यो कलेज रोजेको भन्नेबारे जानकारी दिए ।
कार्यक्रममा बोल्दै नारायण लुइँटेलले भने, ‘लामो समयदेखि शिक्षा क्षेत्रमा अनुभव हासिल गरेका शिक्षकहरूबाट गुणस्तरीय शिक्षा पाइने भएकाले मैले मार्टर्स मेमोरियल रोजेको हुँ ।’
अर्का विद्यार्थी नितेश यादवले कलेजको अत्याधुनिक भौतिक पूर्वाधार र भयरहित वातावरणमा पठनपाठन हुने सुनिश्चितता भएकाले आफू यस कलेजप्रति आकर्षित भएको बताए । कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्ने प्रिन्सिपल सिएम श्रेष्ठले बताए ।