पूर्वाञ्चल खबर
विराटनगर ७ बाट स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर १८ का ३६ बर्षीय रविप्रकाश साहलाई श्रोत नखुलेको रकमसहित मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैया, विभिन्न बैङकहरुको एटिएम १४ थान, विभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को २४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।
श्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।