AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका शिक्षादीप कलेज र अरनिको कलेजलाई राष्ट्रिय शिक्षा सेवाबाट सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०८३, आईतवार १८:३९
3
Shares
विराटनगर / फोकस नेपाल संस्थाले विराटनगरमा दुई कलेजलाई शिक्षा सेवा सम्मान २०८३ बाट सम्मान गरेको छ ।

विराटनगरका शिक्षादीप कलेज र अरनिको कलेज ‘राष्ट्रिय शिक्षा सम्मान २०८३’ बाट फोकस नेपाल संस्थाल सम्मानित गरेको हो ।

काठमाण्डौको फोकस नेपाल संस्थाले देशैभरका माध्यमिक विद्यालयहरूमध्येबाट उत्कृष्ट नतिजा र शैक्षिक योगदानका आधारमा शिक्षादीप र अरनिकोलाई सम्मान प्रदान गरेको हो ।

काठमाण्डौमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रियसभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारी र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले अरनिको माविका प्राचार्य राजेश कार्की र शिक्षादीपका निर्देश भुपेन्द्र दाहाललाई उक्त सम्मान पत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर