खबर पूर्वाञ्चल
कलेजबाट बीएचमतर्फका ५० र बीबीएतर्फका ३५ जना विद्यार्थीहरु आज एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । कलेजमा अध्ययन पुरा गरेर दीक्षित भएका उनीहरुलाई एक कार्यक्रमकाबिच कलेजले बिदाई गरिएको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिए।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको छ । विराटनगरमा आयोजित बिदाई कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।
बिबिएमका सन् २०२० का र बिएचमका सन् २०२१ का विद्यार्थीहरु हुन् । चार वर्षे कोर्ष पुरा गरेपछि उनीहरुलाई विदाई गरेको क्याम्पस प्रमुख केसीले जानकारी दिए।
पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपालसहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ ।