खबर पूर्वाञ्चल
विश्व हिन्दु परिषद नेपालले आज महायज्ञ लगाएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए । उनले विभिन्न राजनीतिक आस्था, जातजाति र समुदायमा विभाजित मनहरुलाई एकतावद्ध गराउनु र सनातन धर्म संस्कृतिको संरक्षण गरेर अगाडी बढनुपर्ने बताएका छन् ।
कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुलीले सनातम धर्म, संस्कृतिलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिए । उनले प्रभाव, दबाब र प्रलोभनमा परेर हाम्रो धर्म र संस्कृतिमाथि ह्रास आइरहेको बताए । ‘कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनीय संस्कारमा ह्रास आएको छ’ उनले भने, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ । संस्कृतिको रक्षा गर्नु छ ।’
कार्यक्रममा विश्व हिन्दु परिषद नेपाल कोशीका अध्यक्ष देवेन्द्र गुप्ताले विभिन्न धार्मिक कार्यक्रम अघि बढाउन, हिन्दू धर्मको रक्षाका महायज्ञ लगाएको बताए । शिक्षा, संस्कृति, साहित्व र समाजलाई जोगाउनका लागि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै मुलुकको रक्षा हिन्दू धर्म र संस्कृतिले मात्र जोगाउन सक्ने उनले बताए ।
हिन्दु स्वयंसेवक संघ नेपालका सहसचिब महेन्द्र साहले सनातन धर्मको संरक्षण र रक्षाको लागि एक जुट भएर अगाडी बढेको सन्देश दिन गाउँ – गाउँमा महायज्ञ लगाएर अगाडी बढने बताए ।
देवागञ्चमा भएको जस्तै महाज्ञ अन्य ठाउँहरुमा पनि हुने उनले बताए । पछिल्लो समय नेपालमा संस्कृत विषयको अध्ययन र गुरुकुल पद्दतिको पढाइमा वृद्धि भएकोप्रति खुसी समेत व्यक्त गरेका छन् ।