AArya
animated ellipse animated ellipse

पूर्व विद्यार्थीद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०८०, शुक्रबार १९:१०
927
Shares
विराटनगर / बाल माबि हरकपुरबाट २०४६ सालको एसएलसी उतिर्ण विद्यार्थीहरुले अक्षयकोष खडा गरी गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

बाल माबि २०४६ ब्याज नाम दिएर हरेक बर्ष छात्र तथा छात्रालाई प्रोत्साहन स्वरूप स्कूल ब्याग , कपि , स्टेशनरी तथा नगद वितरण गर्न शुरुवात गरिएको उक्त ब्याजका बिद्यार्थी मेघराज कट्टेलले बताए ।९० जना त्यस ब्याजका बिद्यार्थी मध्ये ३० जना साथीहरु सम्पर्कमा आएको कट्टेलले बताए ।

पहिलो पटक सुरुवात गरिएको यो अभियानले हरेक बर्ष निरन्तरता पाउने उनले बताए । यसै बर्ष देखि अंग्रेजी माध्यमबाट पढाउ शुरु गरिएको उक्त बिद्यालयका ११० जना बिद्यार्थीलाई पुरुस्कार वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर