खबर पूर्वाञ्चल
कोशी अस्पतालमा नेपाल सरकारतर्फको २ सय ४९ र विकास समितिको २ सय ६७ जनाको दरबन्धी हो । जसममध्ये कोशी अस्पतालमा ९२ जना डाक्टरसहित करिब पाँच सयको संख्यामा स्वास्थ्यकर्मी कार्यरत छन् । ‘काम गर्ने क्रममा संक्रमित भइयो । आइसोलेसनमा दुई साता बसेपछि रिपोट नेगेटिभ आयो । त्यसपछि क्वारेन्टिनमा बसेपछि पुनः काममा फर्किएको छु,’ ती चिकित्सकले भने, ‘तर राज्यले हाम्रोे कामको मूल्यांकन गर्न सकेको छैन् ।’ कसरी गरेन त ? ति चिकित्सकले भने, ‘सरकार आफैले स्वास्थ्यकर्मीलाई प्रोत्साहान र जोखिम भत्ता दिने घोषणा ग¥यो । एक महिनाको पाइयो । त्यसयता अहिलेसम्म पाएको छैन । क्वारेन्टिनमा खट्दा जोखिम भत्ता दिने कुरा थियो, ४ महिना भइसक्यो । कहिले दिने ? कसले दिने ? दिने नदिने केहि अत्तोपत्तो छैन ।’
कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएकोले अब क्वारेन्टिन र आइसोलेसनमा नखटिने चेतावनीसमेत दिएका छन् । कोशी अस्पतालका सुपरिटेन्डडेन्ट डा. चुमनलाल दासले चिकित्सकको जोखिम भत्ताको लागि पहल गर्दै आएको बताए । ‘चैत महिलानको जोखिम भत्ता आएको थियो,’ उनले भने, ‘त्यो हामी सबैलाई बाडिदियौं । त्यसयता आएको छैन ।’