प्रदेश १ मा थप २० जनामा कोरोना संक्रमण थपिएसँगै संक्रमितको संख्या २ सय ७७ पुग्यो

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७७, सोमबार १९:४३

विराटनगर / प्रदेश १ मा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । आज प्रदेश १ का तीन जिल्लाका २० जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार थपिएका २० सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको हो ।

आज मोरङमा ९, झापाका १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको हो । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २–२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ । प्रदेश १ मा संक्रमित देखिएकामध्ये ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५