animated ellipse animated ellipse

विराट गोल्डकपमा सेमिफाइनल खेल सुरु, पहिलो हाफमा विराटनगर सिटी र जावलाखेलको बराबरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७९, सोमबार १९:४५
171
Shares
विराटनगर / विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको पहिलो सेमिफाइनल विराटनगर सिटी र जावलाखेल विचको खेल बराबरीमा रोकिएको छ ।

खेल शुरु भएको ९ मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले डिबक्स भित्रबाटको प्रहार जावलाखेलका गोलकिपर अनिश देउजाले उत्कृष्ट बचाए । १७ मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार डिबक्स भित्रबाट गोल गर्न चुके । उनले गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विसकाल श्रेष्ठले बिफल पारिदिए । त्यसलगैत एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियााबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए ।

२७ औ मिनेटमा विमलले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके । जावलाखेलले विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा पराजित गरेको थियो भने घरेलु टिम विराटनगर सिटीले पूर्व विजेता विभागीय टिम नेपाल पुसिललाई १–० गोलले पराजित गरि सेमिफाइनलको स्थान सुरक्षती गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर