खबर पूर्वाञ्चल
अधिवेशनमा सहभागी हुन एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु सहभागी छन् ।
मुलुक प्रदेश संरचनामा गएपछि नेकपा एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । यस अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छन् ।