खबर पूर्वाञ्चल
विराट कराँते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिमको सहभागि हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भारतको कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको सहभागि हुने विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए ।
प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको पनि सहभागि हुनेछ ।
पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहनेछ । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा हुनेछ ।