पूर्वाञ्चल खबर

विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री विदुरकुमार लिङ्थेप, आयोजक प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापा, पुरस्कारकी संस्थापक कमला मैनालीलगायतले थपलियालाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले लोकतान्त्रिक समाजको सुदृढीकरण र सामाजिक रूपान्तरणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहने बताए । बदलिँदो सूचना प्रवाह र चुनौतीपूर्ण परिस्थितिमा पत्रकारिताले अझ जिम्मेवार, तथ्यपरक र विश्वसनीय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस युनियनका केन्द्रीय सदस्य लीलाबल्लभ घिमिरे, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कोशी प्रदेश सञ्चार प्रतिष्ठानकी सदस्य शान्ति दाहाललगायत अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।