AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा फर्किनु असंवैधानिक होइन : अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ भाद्र २०८२, बिहीबार १०:३८
72
Shares
विराटनगर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कनु संविधान विपरीत नहुने स्पष्ट पारेका छन्।

विराटनगर विमानस्थलमा आज विहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले “विश्वका कैयौँ मुलुकमा पूर्वराष्ट्रपति वा प्रधानमन्त्रीहरू पुनः राजनीतिमा फर्केका छन्, यो असंवैधानिक होइन” भन्दै संविधानले यस्तोमा रोक नलगाएको बताए।

भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको खुलाउँदै उनले भण्डारीलाई एमाले अध्यक्ष बनाउने चर्चा भने “हल्ला मात्रै” भएको टिप्पणी गरे।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष छलफल भएको खुलासा गरे। उनले भने, “भारतसँगको सम्बन्ध तबसम्म सहज हुँदैन जबसम्म सीमा विवाद हल हुँदैन भन्ने कुरा मैले प्रष्ट भनेको थिएँ। मोदीजीले संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।”

पार्टीभित्र स्वार्थ समूह र जनार्दन प्रकरण

माओवादी केन्द्रभित्र स्वार्थ समूह विघटन गर्ने निर्णयबारे प्रचण्डले पार्टीलाई अनुशासित बनाउने प्रयास भइरहेको बताए। जनार्दन शर्मा प्रकरणबारे उनले “एकजनाले नपत्याउँदैमा आन्दोलन र इतिहास रोकिन्न” भन्दै स्थायी समितिले विषय प्रष्ट पारेको उल्लेख गरे।

प्रचण्डले समाजवादी मोर्चा लगायतसँग पार्टी एकताको सम्भावना रहेको प्रस्ट पार्दै यसबारे वार्ता–संवाद चलिरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर