AArya
RUMPUM
animated ellipse animated ellipse

विराट मेडिकलमा सुविधा सम्पन्न पि.आई.सि. यु को क्षमता वृद्धि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ श्रावण २०८२, मंगलवार १९:४४
54
Shares
विराटनगर /मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० शैयाबाट क्षमता वृद्धि गरी १७ शैयाको सुविधा सम्पन्न पि.आई.सि. यु  सञ्चालनमा आएको छ।

हस्पिटलको चौथो तल्लामा स्थापना गरिएको यस पि.आई.सि. यु मा ३ वटा आइसोलेसन कक्षसहित १७ शैयाको व्यवस्था गरिएको छ। विराट नर्सिङ होमका सिइओ तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका बोर्ड अफ डिरेक्टर डा. निकिता कार्की र नवजात शिशु तथा बाल रोग विशेषज्ञ प्रोफेसर डा. हेमसागर रिमालले रिबन काटेर पि.आई.सि. यु को उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा डा. चन्द्र भुषण झा, डा.सतिश यादव, डा.मनोजकुमार चौधरी, नर्सिङ सुपरिटेन्डेन्ट आयुषमा साक्य, नर्सिङ इन्चार्ज अप्सरा पुर्कुटीलगायतको उपस्थिति रहेको थियो।

यस पि.आई.सि. यु मा पहिले १० शैयाको व्यवस्था थियो । भने हाल १७ शैयाको सुविधा सम्पन्न सेवा उपलब्ध छ। हाल डेडिकेटेड पेडियाट्रिक आई.सि. यु लेभल ३ सञ्चालनमा रहेको छ।

हस्पिटल प्रशासनले छिट्टै पेडियाट्रिक आई.सि. यु लेभल ४ को विस्तार गरिने जनाएको छ। यो सेवाले पूर्वी नेपालका बालबालिकाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर