animated ellipse animated ellipse

भरुवा बन्दुक सहित ४ जना खोटाङबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७८, आईतवार १५:४८
369
Shares
खोटाङ / खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्ण विक रहेका छन् ।

गत राती १० बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रविन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ भने विकलाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट १ थान लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर