RUMPUM
animated ellipse animated ellipse

उदयपुरको कटारीमा आमा र छोराको हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० भाद्र २०८१, बिहीबार १९:२१
153
Shares
उदयपुर /उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा बीभत्स अवस्थामा आमा र नाबालक छोराको शव फेला परेको छ ।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको शव विभत्स अवस्थामा फेला परेको हो । आमाको शव भुइँमा घोप्टो परेको ,अवस्थामा फेला परेको थियो । छोराको शव भने खाटमा फेला परेको थियो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । ‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो’, वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।’

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले घटनाको अनुसन्धान भइरहेको बताए ।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए । दोकानबाट करिब ३ सय मिटर पर मूलघर छ । गएराति भने उनीहरु पसलमै बसेका थिए ।

स्थानीय दीपक राउतले बुधबार साँझ ८ बजेसम्म मूलघरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए । ‘सानासाना देवरहरु थिए, उनीहरुलाई बिहान आउँछौं भनेका थिए रे’, राउतले भने, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे, राति नै हत्या भएछ ।’

बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्नको पहिचान भएको छैन । हत्यामा संलग्नलाई पहिचान र पक्राउका लागि प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर