खबर पूर्वाञ्चल
गत ८ गते बेतना सिमसार क्षेत्रमा चाँदीको गर–गहना लुटपाट भएको घटनामा संग्लग्न आरोपमा ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २५ बर्षीय सविन विश्वकर्मा, बर्दिबास नगरपालिका–१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ बर्षीय विशाल विक र ईटहरी–५ का २४ बर्षीय बादल विक रहेका छन् ।
पक्राउ परेको यो समुहले चैत्र ८ गते विहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको थियो । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो । घटनामा संग्लग्न फरार रहेको एक जनाको खोजतलास भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
तपाईको प्रतिक्रिया