पूर्वाञ्चल खबर


अन्य बेला मानिसहरूको भिडभाडले हुने विराटनगर लकडाउन गरिपछि आज विहानदेखि बजार क्षेत्र सुनसान देखिए पनि सडकमा केही सर्वसाधरण आवतजावत देखिएको छ ।
।
महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को शुक्रबार बसेको बैठकले लकडाउनको घोषणा गर्ने निर्णाय गरेको थियो ।
महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार साँझ सम्म विराटनगर महानगरपालिका भित्र कोरोना क्रमितको संख्या १ सय ७ पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
‘लकडाउन’को पालना गराउन सुरक्षित हिसाबले ठूलो संख्यामा प्रहरी परिचालन गर्दै त्यसको अनुगमनमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफै निस्किएका छन् ।
जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।
संक्रमण नियन्त्रण गर्न मानिसको भिडभाड, भेटघाट र जमघट हुन नदिन ‘लकडाउन’ को विकल्प नभएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
२०७६ चैत ११ देखि यही साउन ७ गतेसम्म संघीय सरकारले आह्वान गरेको लकडाउन भन्दा यो पटक आह्वान गरिएको लकडाउन कडा हुने उनको भनाइ छ ।
‘संक्रमण समुदायस्तरमा संक्रमण फैलिएको छ,’ कार्कीले भने, ‘महानगरवासीको माग अनुसार गरिएको ‘लकडाउन’ पालना गरेमा मात्रै सबै सुरक्षित होइन्छ ।’