AArya
RUMPUM
animated ellipse animated ellipse

लकडाउनमा विराटनगर बिहानैदेखि कडाई, सडक सुनसान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ श्रावण २०७७, शनिबार १०:३८
3
Shares
विराटनगर/ सामुदायमा कोरोना भाइरस फैलिएपछि आजदेखि विराटनगर महानगरपलिका भित्र लकडाउन भएको छ ।

शुक्रबार मध्यरातीदेखि गरी ‘लकडाउन’ गरिएको भए पनि त्यसको कार्यान्वयन र पालना गराउने सवालमा आज बिहानैबाट सबै ठाउँमा कडाई गरिएको छ । लकडाउन साउन ३० गतेसम्म गरिएको छ ।

दुई साताका लागि गरिएको ‘लकडाउन’का अवधिमा घरबाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, एक अर्कामा सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइएको छ ।

अन्य बेला मानिसहरूको भिडभाडले हुने विराटनगर लकडाउन गरिपछि आज विहानदेखि बजार क्षेत्र सुनसान देखिए पनि सडकमा केही सर्वसाधरण आवतजावत देखिएको छ ।

महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को शुक्रबार बसेको बैठकले लकडाउनको घोषणा गर्ने निर्णाय गरेको थियो ।

महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार साँझ सम्म विराटनगर महानगरपालिका भित्र कोरोना क्रमितको संख्या १ सय ७ पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

‘लकडाउन’को पालना गराउन सुरक्षित हिसाबले ठूलो संख्यामा प्रहरी परिचालन गर्दै त्यसको अनुगमनमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफै निस्किएका छन् ।

जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

संक्रमण नियन्त्रण गर्न मानिसको भिडभाड, भेटघाट र जमघट हुन नदिन ‘लकडाउन’ को विकल्प नभएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

२०७६ चैत ११ देखि यही साउन ७ गतेसम्म संघीय सरकारले आह्वान गरेको लकडाउन भन्दा यो पटक आह्वान गरिएको लकडाउन कडा हुने उनको भनाइ छ ।

‘संक्रमण समुदायस्तरमा संक्रमण फैलिएको छ,’ कार्कीले भने, ‘महानगरवासीको माग अनुसार गरिएको ‘लकडाउन’ पालना गरेमा मात्रै सबै सुरक्षित होइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर