खबर पूर्वाञ्चल
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।
पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानवहादुर वस्नेतले जानकारी दिए ।
मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत रहेका छन् । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।