कनकलक्ष्मी सहकारीको ४६ लाख हिनामिना गरेको आरोपमा खवास पक्राउ

खबर पूर्वाञ्चल, १९ असार २०७९, आईतवार १८:४७
927
Shares

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाको ४६ लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका एक जना कर्मचारी पक्राउ परेका छन् ।

सहकारीका कर्मचारी सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँका २४ वर्षिय विवेक खवास पक्राउ परेका हुन् । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई शनिबार पक्राउ गरेको हो । उनीमाथि ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

खवासले ३१ लाख रूपैयाँ हिनामिना गरेको स्वीकार गरे पनि सहकारीको आन्तरिक छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ ।

सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी खवासलाई सञ्चालक समितिले बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समिति सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल छन् ।

प्रहरीसमक्ष नै उनले ३१ लाख रकम हिनामिना गरेको स्वीकार गरेपछि भदौ १० गतेसम्ममा हिनामिनाको रकम तिर्ने सहमति भएको थियो । हिनामिनाको रकम बढ्दै गएपछि आरोपी भाग्ने डरले सहकारी संचालक समितिले किटानि जाहेरी दिएको थियो । उनले १० लाख रुपैयाँ भने सहकारीलाई बुझार्इ सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५