विराटनगर जुनियर जेसिजको अन्तरक्रिया

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७८, बुधबार १७:१८

विराटनगर / विराटनगर जुनियर जेसिजले जेसिज अभियानकर्मीलाई उत्प्रेरणामुलक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अनलाईन मार्फत गरिएको अन्तरक्रियाको प्रमुख वक्तामा विकल्प एन अल्टरनेटिभका संस्थापक निर्देशक वसन्त अधिकारी रहेका थिए ।

सो कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, राष्ट्रिय जुनियर जेसीज कोर्डिनेटर सन्तोष पन्त, जेसिजका विभिन्न क्षेत्रका कोर्डिनेटरहरु, विराटनगर जुनियर जेसीजका विभिन्न वर्षका पूर्वअध्यक्षहरु, विराटनगर जुनियर जेसिजका वोर्डका पदाधिकारी तथा सदस्यहरु, विभिन्न शाखा अध्यक्ष र शाखाका सदस्यहरु गरि १७७ जनाको सहभागिता रहेको थियो ।

विराटनगर जुनियर जेसिज अध्यक्ष जीना शर्माको अध्यक्षता सम्पन्न अन्तरक्रियाको संयोजकमा दिब्या बानिया रहेकी थिइन् । विराटनगर जुनियर जेसीज वर्ष २०२१ की सहसचिव प्रतिक्षा न्यौपानेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५