animated ellipse animated ellipse

क्लासिक टेकको १ सयऔं आउटलेट कलंकीमा विस्तार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७७, सोमबार १७:५१
747
Shares
विराटनगर / नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा विस्तार गरेको छ ।

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्दागिरि क्षेत्र, थानकोटलगायतका ठाउँहरुमा आफ्नो सेवा दिई रहेको छ र यसै ठाउँहरुको भित्री सानो सानो ठाउँमा पनि सेवा सुविधा बढाउने उद्देश्यले कलंकीमा सेवा विस्तार गरेको हो ।

क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १ सयऔं आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको छ ।
क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो तर कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट विगत ८ महिनामा तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गएको छ ।
कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र ईन्टनेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र होम युजरलाई पनि सेवा दिनको लागि १ सय वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र विर्तामोडमा आउटलेट खोल्ने तयारीमा छौं कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर विनयकुमार अधिकारी बताए ।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केहि महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र ७९९ प्रति महिनामा उपलब्ध गराईरहेको छ यसैगरि १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरिरहेको छ । यसैगरि आईपिटिभीको १ सय ५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर