पूर्वाञ्चल खबर
मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई आज दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् ।
गठबन्धन दलहरूबीच भएको छलफलमा तत्कालका लागि मुख्यमन्त्रीसहित पाँच जनाको मन्त्रिपरिषद् विस्तार भएको हो । मन्त्रीमा कांग्रे्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा) बाट एक जना मन्त्री तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना राज्य मन्त्री भएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला मन्त्री, जसपाका नेता जयराम यादव सामाजिक विकास मन्त्री, कांग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।