खबर पूर्वाञ्चल
सातवटै प्रदेशमा पहिलो मन्त्री बन्ने अवसर उनले मात्र प्राप्त गरिन त्यो पनि दुई बर्ष पछि । क्षमता भए पनि माओबादीकी सांसद उमिता बराईली र काँग्रेसेसकी कल्पना सरदारले अवसर पाउन सकेनन । पाँच बर्षे कार्यकालमा उनीहरु थपडी बजाउन बाध्य सांउदमै मात्र सिमित भए ।
यसपाली दोस्रो कार्यकालमा पदेश १ सभामा तीन जना महिला र एक जना पुरुष दलित सांंसद निर्वाचित भएका छन । समानुपातिक प्रणाालीबाट निर्वाचित हुन बाध्य भए पनि क्षमतामा भने सबैजना अब्बल छन् । माओबादी केन्द्रबाट निर्वाचित सपना परियार आफै जनयुद्ध कालकी होलटाइमर लडाकु हुन् । सुनसरीको भरौला घर भएकी उनी सुकुम्बासी परिवारकी हुन । २०५५ देखि पार्टीलाई जिवन दिएकी उनी हाल पनि उनको यात्रा पार्र्टीमा अविराम छ । धेरै ठाँउमा युद्धमा होमिएकी उनी बाल–बाल बचेर बल्ल प्रदेश सांसद हुन पाएकी हुन् । उनी हाल स्नातक अध्यन गरिरहेकी छिन् ।
यस्तै तेह्रथुमकी कमला दर्नाल एमालेमा लामो समयदेखि प्रतिबद्ध कार्यकर्ता हुन् । स्नानोक्कोत्तर उत्तिर्ण कमला समाज सेवमा पनि सक्रृय नाम हो । उनी समाज सास्त्रमा स्नातोकोत्तर उतिर्ण छिन । अन्तरपार्टी जिल्ला महिला सञ्जाल र, अनेम संघ तेह्रथुमको पदाधिकारी भएर जिम्मेवारी पुरा गरिसकेकी कमला एमाले पार्टीको बर्गीय संगठन उत्पिडित जातिय मुक्त्ति समाजको केन्द्रीय सदस्य भैसकेकी नेतृ हुन् । यस्तै कमला जनसास्कृतिक संघ प्रदेश १ को सदस्य पनि हुन । रेडक्रस लगायत विभिन्न समाजिक संस्थाहरुमा समेत सक्रृय कमला अवसर जस्तो सुकै पद पनि सम्हाल्न सक्ने क्षमता रहेको बताउँछिन । कमला हाल एमाले प्रदेश १ कमिटी सदस्य छिन् ।
यता काँग्रेसबाट निर्वाचित सुनिता गूरुङ राम अन्र्तजातिय विवाह गरेकी महिला हुन । बाह बर्ष अघि उनले स्थानिय डोमी रामसँग प्रेम विवाह गरेकी हुन् । सुनसरीको बर्जु गाउँपालिकाकी बासिन्दा सुनिता बर्जु ५ स्थित कोशी आधारभुत विद्यालयमा १९ बर्ष पढाएकी थिइन ।
जातिय विभेद र छुवाछुतको पिडा प्रत्यक्ष बुझेका सुनिता सुरुमा चमारसँग विवाह गरेकै कारण समाजिक बहिष्कारमा परेकी थिइन । तर अहिले उनको आफनो उचाँइले गर्दा समाजिक मात्र नभएर पारिवारिक प्रतिष्ठा पनि प्राप्त गरिसकेकी छिन् ।
राप्रपाबाट निर्वाचित झापाका गोपाल विश्वकर्मा पनि कम छैनन । उनले जिनवभरि प्रहरी सेवामा दुर्गमा ठाउँमा सेवा दिएर जिवन गुजारे । उनलाई चलखले, राजिित कुटनिीत सबैको अनुभव छ ।
यसैले यसपाली प्रदेश १ मा निर्वाचिन महिला र पुरुष दलित सांसदहरु भन्छन ‘ समानुपातिक समावेसिताको हकले हामीले अवसर पाउनै पर्छ । हामीलाई अवसर प्राप्त भयो भने अरुले भन्ँदा राम्रो गरेर देखाइ दिन्छौ ।’
तर विडम्बना । नयाँ नेपाल नारामा व्यवहार पुरानै पारामा । यसैले पहिले अझै यसपाली पनि उनीहरु मध्ये कसेले पनि मन्त्री सभामुख , उपभामुख र विषयगत समिति सभापति पाउने छैनन । किनभने , लडने बेलामा एक भए पनि
खानेबेलामा अगातीलाई रिस उठन भने झै , दलिहहरु आफै विवाजित छन् । पहिले झै यसपाली पनि म भन्दा ठूलो अर्को नहोस भनेर कोही द वाव दिन चाहदैनन । यसैले यसपाली पनि सक्षम भए पनिउनीहरु अधिकार हैनदयाको मायामै सिमित हुन बाध्य हुने छन् ।
अधिकारकर्मी कपिल सुनार दलितहरु जहिल्यै पनि नारामा मात्रै सिमित भएकोले यसपाली उनीहरुले मुख्य जिम्मेवारी सहितको अवसर पाउनुपर्नेमा जोड दिन्छन् । सुनार भन्छन , ‘सघियता हाम्रो लागि नभए कसको लागि अब पनि हामीले अवसर नपाए कहिले पाउने र्?