RUMPUM
animated ellipse animated ellipse

सशस्त्र प्रहरीले समायो तस्करीको लत्ताकपडा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७७, शनिबार १८:२८
792
Shares
विराटनगर / अवैध रूपमा भारतबाट मध्य रातीको समयमा तस्करी गरि ल्याएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) रानी विराटनरले शुक्रबार राती साढे ११ बजे तस्करीको ३ लाख ६० हजार ४ सय ६० मूल्य बरावरको लत्ताकपडा बरामद गरेको हो ।

बीओपी रानीका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विराटनगर – १५ सुढी बस्तिबाट कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीले भेष्ट, स्याण्डो,लेडिज टप्स लगायतका कपडाहरू बरामद गरी बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

केही दिन अगाडी पनि बिओपी रानी र बखरीले दुई दिनमा १० लाख ६० हजार मुल्य बराबर पर्ने कपडा बरामद गरेको थियो । बखरी बीओपिले ९ लाख २२ हजार र बिओबी रानीले १ लाख ४५ हजार मुल्य बरावरको तस्करीको सामान बरामद ग¥यो ।

अहिले मध्य राती र विहानी पखको समयमा विराटनगर – १६ स्थित दरैयाको उखुबारी, दक्षिण गेट र इस्लामपुरबाट मध्य राती कपडा तस्करी हुने गरेको छ । यो नाकाहरूबाट तस्करीमा लागेका गिरोहले भरिया प्रयोग गरि बोरा भित्र कपडा हालेर भारतदेखि ल्याउने गर्दछन् । मोरङको पूर्वी क्षेत्रको सीमा नाकामा प्रहरीले कडाइ गर्न थालेपछि अहिले भारतसँग सीमा जोडिएको विराटनगरको दरैयाबस्तीको उखु बारी प्रयोग गर्न थालेका छन् । स्रोतको अनुसार ११ बजेपछि तस्करीको कपडा विराटनगर १६ दरैयाको उखु बारीको भित्री बोटो हुँदै रिङरोडको सडक प्रयोग गर्दछन् ।

भारतको टिकुलिया बस्तीदेखि दक्षिण क्षेत्रमा कपडा जम्मा गरि राख्दछन् । राति ११ बजेपछि भरियालाई लगाए विराटनगर १६ उखुबारी हुदै दरियाबाट तस्करीको कपडा कटाउने गरेको यहाँका स्थानियको भनाई छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भन्सार छलेर कपडाको तस्करी हुन थालेको पाइएपछि सबै ठाउँमा कडाइ गरिएको बताए । ‘कपडादेखि अन्य सामानसमेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कडाइ गरिएको छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिईसकिएको छ ।’ तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर