खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरुमा उछृंखल गतिविधिमा संलग्न र पाकेटमारहरु रहेको उनले बताए । ‘अहिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
घटनामा संलग्नहरुलाई कारवाहीको दायारमा ल्याउनेछौं,’ उनले भने, ‘छानविन गरी घटनामा संलग्न नभएकालाई छोडिदिनेछौं । ’ रथयात्रामा भिडभाड हुने भएकोले कारणले गर्दा चोरी गर्न भारत र विरगन्चदेखि पनि चोरीमा संलग्नहरु आएको प्रहरीले जनाएको छ । प्रहरीले विरगञ्जबाट आएका १८ जनालाई पनि नियन्त्रणमा लिएको छ ।
राधाकृष्ण रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको थियो । भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको कारणले कुनै पनि अप्रिय घटना नभएको मोरङ प्रहरीले जनाएको छ ।
चोरी, लुटपाट, पाकेटमारी लगायतका गतिविधि हुनसक्ने भएका कारण बालबच्चा र बृद्ध बृद्धालाई नल्याउन पनि प्रहरीले आग्रह गरेको थियो ।
रथयात्रामा सुरक्षा योजनाका साथ प्रहरीले दुई हजार बढी प्रहरी परिचालन परिचालि गरेको जनाएको छ । भीडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिनका निम्ति सादा पोसाकमा पनि ठूलो संख्या प्रहरी परिचालन गरेको एसपी कार्कीले बताए ।
तपाईको प्रतिक्रिया