विराटनगरमा १५ सहित प्रदेश १ मा थपिए २० जना संक्रमित

खबर पूर्वाञ्चल, १ बैशाख २०७८, बुधबार २२:५२

विराटनगर / विराटनगरमा १५ सहित प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरबाहेक पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १ सय ७९ पुगेको छ ।

प्रदेश १ मा आज २ सय २६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५