AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपछं : ढकाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७८, शनिबार १३:४२
207
Shares
विराटनगर/ नेकपा (एमाले)का नेता तथा पूर्व मन्त्री भानुभक्त ढकालले संविधान र सङ्घीयताको सुनिश्चिातको लागि तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।

एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा आज विहान विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताएका हुन् । नेता ढकालले स्थानीय तह जनप्रतिनिधि रिक्त हुनु अगाडि निर्वाचन हुनुपर्छ भन्दै नेकपा एमाले जनताको सार्वभौमसत्ता कायम राख्न सदैब हरेक निर्वाचनको स्वागत गर्ने बताए ।

जेठ ५ गते स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि सकिने भएकाले नेता ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

संविधान र कानुनले स्थानीय तहको रिक्ततालाई व्याख्या नगरेको बताउँदै उनले पदावधि सकिन २ महिनाअघि निर्वाचन गर्नुपर्ने बताए । अवधि सकिएको ६ महिनापछि चुनाव गर्नुपर्ने तर्क गलत रहेको उनको भनाइ छ ।

एमालेका केन्द्रीय सदस्य बिनोद ढकालले पेशागत हकहितका लागि संङ्गठित रुपमा कार्य गरी स्वच्छ, मर्यादित र निश्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

चौतरी मोरङका अध्यक्ष सुदिप कोइराला, एमाले मोरङ सचिव रुपेश खतिवडा, चौतारीका केन्द्रीय लेखा संयोजक विक्रम लुईटेल, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सञ्जीव खनाल , पे्रस सेन्टर नेपाल मोरङ अध्यक्ष अर्जुन आचार्य र नेपाल प्रेस यूनियन मोरङका उपाध्यक्ष कौशल निरौलाले सञ्चारकर्मीहरुमा आर्थिक र सुरक्षाको चिन्ता रहने भएकोले यसको निराकरणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर