रोयल ब्रर्दसले ‘जावा ४२ २.१’ नयाँ मोडलको मोटसाइकल बजारमा, यस्तो छ विशेषता

खबर पूर्वाञ्चल, २७ असार २०७९, सोमबार १९:५०
432
Shares
विराटनगर / रोयल ब्रर्दसले ‘जावा ४२ २.१ नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको छ ।

विराटनगरको आधिकारिक विक्रेता रोयल ब्रर्दसले जावा ४२ २.१ नयाँ मोडलको मोटरसाइकल विराटनगर – ४ गाोग्राहा चौक स्थित जावाको सोरुममा एक कार्यक्रम आयोजना गरि सोमबार यो मोटरसाइकल बजारमा ल्याएको हो ।

कार्यक्रममा नाडा नेपाल अट्रोमोवायल्स डिर्लर एसोसेसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष सुवास आर्चायले जावाको नयाँ मोडलको मोटरासइकको उद्घाटन गरे ।

आम ग्राहकको चाहान अनुसार जावा ४२ २.१ नयाँ मोडलको बाइक बजारमा ल्याएको रोयल ब्रर्दसका प्रबन्ध निर्देशक मनोज विक्रम शाहले जानकारी दिए ।

नयाँ भर्सनको जावा मोटरसाइकल पहिलेको तुलनामा निकै उत्कृष्ट र आकर्षक रहेको कम्पनीले जनाएको छ ।

जावा ४२ भर्सन २१ मा पहिले जस्तै २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको दिइएको छ । जुन इन्जिनले अधिकतम २७.३ पीएस पावर र २७.०२ एनएम टर्क प्रदान गर्दछ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ ।

जावाले यसमा क्रस पार्ट टेक्नोलोजीको प्रयोग गरेको छ । जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउँछ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १७० केजी रहेको छ । सो बाइकले ३७ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी यसमा १३ स्पोक अलोय ह्विवल रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५