फ्रेन्चाईसी लिगमा विराटनगरबाट सुपर किङ्सले भाग लिने, भारतका बिक्रम यादवले लिए जिम्मा

खबर पूर्वाञ्चल, ६ भाद्र २०७९, सोमबार १५:०४
900
Shares
विराटनगर / नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाईसी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ ।

आउँदो सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चाईसी लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागि जनाउने भएको हो ।

यो प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । क्रिकेटको सर्वोच्च निकाय आइसिसिले मान्यता दिएको प्रतियोगिता हो । देशभरीका ६ वटा टिमले यो प्रतियोगितामा भाग लिनेछन् । भारत, नेपाल, अमेरिका र युकेका व्यापारीहरु ६ टिमको मालिक रहेका छन् ।

विराटनगर सुपर किङ्सको मालिक भारतका युवा व्यापारी बिक्रम यादव रहेका छन् । यादवले विराटनगर सुपर किङ्सको लागि खेलाडीहरू छनौट गर्न लागि परेका छन् । फ्रेन्चाईसी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्समा टेस्ट खेल्ने राष्ट्रको खेलाडी भित्र्याउने तयारीमा रहेका छन् । सुपर किङ्स टिममा विराटनगरबाट पनि खेलाडी छनौट गर्ने भएको यादवले बताए । ‘खेलाडी छनौट गर्नको लागि चाँडै विराटनगरमा ट्यालेन्ट हन्टको पनि आयोजना गर्दैछु,’ उनले भने, ‘यस ट्यालेन्ट हन्टबाट २÷३ जना खेलाडी टिममा राख्नेछु । त्यसपछि उत्कृष्ट हुने खेलाडीहरूलाई पनि भारतको हरियाणमा रहेको एकाडेमीमा निःशुल्क प्रशिक्षण दिने व्यवस्था गर्नेछु ।’

आफुले सुपर किङ्सको जिम्मा लिएसँगै विराटनगरको क्रिकेटको विकासमा लागि पर्ने यादवले बताए । ‘सुपर किङ्सको जिम्मा लिएपछि मेरा दायित्व पनि बढेको छ । यहाँको क्रिकेट क्षेत्र विकास गरेर अगाडी बढाउनेछु,’ उनले भने, ‘यहाँ आठ वर्ष रहनेछु । आफुले सक्दो रूपमा यहाँको क्रिकेट क्षेत्रका विकासमा ध्यान दिनेछु ।’ यादव विराटनगर सुपर किङ्सको लागि क्यानसँग आठ वर्षको लागि सम्झौता गरेको छ ।

फ्रेन्चाईसी लिग क्रिकेट प्रतियोगितामा पाँच जना अनिवार्य रूपमा अन्र्तराष्ट्रिय र बाँकी रहेको ६ जना खेलाडी स्वदेशका राख्नुपर्ने नियम रहेको छ । यादवले सुपर किङ्सको जिम्मा लिएसँगै विराटनगर १९ मा रहेको बैजनाथपुर क्रिकेट मैदानको निरीक्षण पनि गरेको छन् । उनले क्रिकेट मैदानको स्थरउन्नती गरी विकासमा आफ्नोतर्फबाट सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५