AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेठ ११ गतेसम्म मोरङका सवै बैंक तथा वित्तिय संस्था बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ जेष्ठ २०७८, बुधबार १७:००
2.05k
Shares
विराटनगर / मोरङमा सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुको अत्यावश्यक बाहेकको कारोबार जेठ ११ गतेसम्म बन्द गर्न नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयले आज पत्राचार गरेको छ ।

कोरोना महामारीका कारण संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाभरीका सवै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका लागि बन्द गर्न पत्राचार गरेको हो ।

बन्दको अवधीमा समेत बैंक तथा वित्तिय संस्थामा देखिएको भीडले विराटनगर महानगरपालिकावासी भने त्रसित रहँदै आएका थिए ।
राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागलाई समेत बोदार्थ पठाउँदै बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गर्दै पत्राचार गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न समेत आग्रह गरिएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले भने अनलाइन सेवा तथा मोबाइल बैंकिङ कारोबारमा चर्काे शुल्क असुल्दै आएको छ ।

राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटिएम अर्कोे बैंकमा प्रयोग गर्दा थप शुल्क नअसल्न निर्देशन दिएको थियो । यसपटक भने अनलाइन कारोबारमा शुल्क लिन छुट दिंदै राष्ट्र बैंकले बैंकहरुकै पक्षपोषण गरिरहेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै आएपनि यसअघि बैंक तथा वित्तीय संस्थाहरु भने आलोपालो गरेर खुल्दै आएका थिए । बैंकिङ कारोबारका लागि बैंक नै पुग्ने बानीमा परिवर्तन नभएका कारण भिडभाड बढेर संक्रमणको जोखिम कायमै रहेको भन्दै पछिल्ला दिनमा बैंक बन्द गर्न दबाब परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर