ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लहानका कोरोना संक्रमित युवकको विपीमा मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ भाद्र २०७७, सोमबार १७:१४
702
Shares
सुनसरी / सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित युवाको मृत्युु भएको छ ।

लहान घर भएका २२ वर्षीय कोरोना संक्रमित युवकको आज दिउँसो मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका युवकमा आइतबार कोरोना पोजेटिभ देखिएको थियो ।

भदौ २ गते प्रतिष्ठानमा भर्ना गरिएका उनलाई कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज दिउँसो ३ बजे मृत्युु भएको प्रतिष्ठान प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

मुटु रोगको समस्या भएका युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा ५ जना प्रदेश २ का छन् भने ३ जना सुनसरीको धरानका र १४ जना मोरङका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर