‘विकासको सारथी बनाउन आतुर छन् जनता’ : सागर थापा

खबर पूर्वाञ्चल, २६ बैशाख २०७९, सोमबार २०:०६
342
Shares
नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको प्रमुख उम्मेदवार दिएका सागर थापाले महानगरपालिका भित्र घरदैलो अभियान सकेका छन् ।

बैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि केही दिनमात्रै बाँकी रहँदा थापाले आफ्नो प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् । घरदैलो अभियान सकेकै दिन शनिबारमात्रै नेकपा एमालेले विराटनगरको जैन भवनमा चुनावी सभासमेत सम्पन्न गरेको छ ।

गठबन्धनप्रति कांग्रेसमा बढेको असन्तुष्टीको लाभ लिन थापा कांग्रेस कार्यकर्ताहरुको मत हासिल गर्न प्रयासरत छन् । विराटनगर महानगरपालिकाको प्रमुखका लागि एमाले उम्मेदवार सागर थापासँग गरिएको संक्षिप्त कुराकानी :

घरदैलो अभियान सक्नुभएको छ । मतदाताहरूबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
एमालेबाट उठाएका मेयर, उपपेयरसहित वडाअध्यक्ष र सदस्यहरूका उम्मेदवारहरूको उपस्थितीमा विराटनगर महानगरपालिको १९ वटै वडामा घरदैलो अभियान सकिएको छ । १७ दिनबढी बढी समय लगाएर हामीले घरदैलो अभियान सकेका छौं ।

घरदैलो सकिएपछि चुनावी सभा पनि भव्य भएको छ । समृद्ध विराटनगर बनाउने संकल्प बोकेर आफ्नो एजेण्डा सुनाउदै घरदैलो गर्ने क्रममा जनताको उत्साह देखिएको छ । जनताको आवज सुन्ने, भिजन भएका तपाइ जस्तो भइमान्छे जुजारू युवा विराटनगरको मेयर आवश्यक परेको भन्दै मतदाताहरू आफ्नो पक्षमा मतदान गर्न इच्छुक भएर बसेका छन् । सबैतिरबाट राम्रो प्रतिक्रियाहरू आएका छन् । मेरो प्रतिस्पर्धी अहिलेसम्म देखेकै छैन ।

काँग्रेसका उम्मेदवार नागेश भन्दा पनि उमेश यादव देखिएको छ । विराटनगकरो उत्तरी क्षेत्रमा नागेशको पक्षमा भन्दा हामीलाई भोट हाल्ने मतदाता धेरै छन् । दक्षिणी क्षेत्रमामा उमेशलाई भोट हाल्ने अवस्था छ । विराटनगकरो मध्यम भागमा त्रिपक्षीय प्रतिस्प्र्धा हुने अवस्था रहेको छ ।

तपाइले चुनाव जित्ने आधर के छ ?
काँग्रेसभित्र मात्र नभएर गठबन्धन भित्र पनि अहिले पनि तिव्र असन्तुष्टि रहेको छ । जनतासँग प्रत्यक्ष भिजेको नेता नेताहरुलाई टिकट नदिएर काँग्रेसले पैसाँवाला नागेश कोइरलालाई टिकट दिएको छ । छनौट प्रक्रियालाई दिएर पार्टी भित्रका नेता र कार्यकताहरूबीच असन्तुष्ट रहेको छ । यसैगरि गठबन्धन भित्र पनि असन्तुष्ट रहेको छ ।

माओवादीले वडास्तरसम्म गठबन्धन नभएको भन्दै नेकपा माओवादी केन्द्र विराटनगरकी सचिब नमिता न्यौपानेले बागी उम्मेदवारी दिनुभएको छ । यसैगरि जसपा पार्टीका अध्यक्षका छोरालाई उम्मेदवारी बनाएको भन्दै जसपा भित्र पनि तिव्र असन्तुष्टि रहेको छ । जसपाका नेता उमेश यादवले त पार्टी परित्याग गरि मेयरमा उम्मेदवारी दिनुभएको छ । यो गठबन्धनलाई जनताले पत्याउँदैन । त्यही भएर गठबन्धनभित्रको असन्तुष्टि भोट ल्याएर आफुले चुनाव जित्नेछु ।

यो गठबन्धन हाम्रो विकास रोक्न हो भनेर जनताको बीचमा चर्चा छ । त्यसैले जनताले विकास विरोधीहरूलाई, विकास गर्न नचाहनेहरुलाई यस पटक मत हाल्दैनौं भनिरहेका छन् । यस पटक विकासको नाममा एमालेलाई मत हाल्छौं भनेर जनताहरु भन्दैछन् । त्यसैले म यस पटक कुनै पनि हालतमा जित्नेमा विश्वस्त छु ।

एमालेले चुनाव जित्ने आधर विराटनगरमा तयार भएको हो ?
मैले जित्ने अर्को आधार भनेको एमालेको सांगठनिक संरचना पनि हो । विराटनगरमा त्यस्तो कुनै पनि टोल बस्ती छैन, जहाँ हाम्रो कमिटी प्रणाली नभएको होस् । हरेक टोलमा एमालेको कमिटी प्रणाली छ ।

अघिल्लो पटक चुनाव हुँदा एमालेसँग कमिटीगत संरचना थिएन । अहिले हरेक टोलमा १० देखि २२ वटासम्म कमिटी छन् । अहिले प्रष्ट रूपमा एमालेको चुनाव जित्ने आधारहरू रहेका छन् । यस पटक काँग्रेसले उठाएको उम्मेदवारलाई विराटनगरको भुगोल राम्रोसँग पनि थाहाँ छैन । यस्ता उम्मेदवारबाट जनताले कस्तो विकासको अपेक्षा राख्दछन् ।

विराटनगरको भुगोल र सीमाबारे जानकारी छैन भने त्यस्ता उम्मेदवारले विराटनगरको विकास गर्नेछ भन्ने पत्याएको छैन । त्यस्तो मान्छेलाई जिताउने कि विराटनगरको भुइमान्छे विकास प्रेमी युवालाई जिताउने जनताको हातमा रहेको छ ।

एमालले उठाएको उम्मेदवारीहरू समावेशी नभएको जनगुनासो छ नि ?
गठबन्धनले उठाएको उम्मेदवारी संविधानको रक्षा गर्न सकेको छैन । गठबन्धनको नाममा महिलाको अधिकार हनन गरेको छ । तर, एमालले यस्तो गरेको छैन नि । एमालले खस, आर्यन, ब्रामण, मधेशी, मारवडी, मुस्लिम, जनजाति गरि विराटनगरको तस्बिर झल्किने गरि उम्मेदवारी दिएका छौं ।

हाम्रो जित्ने अर्को आधार भनेको पनि यही हो । हामीले सपना बाढेका छैन । सपना कलेक्सन गरेका छौं । त्यो सपना पुरा गर्नेछौं । विराटनगरमा काम गर्ने क्रममा म विराटनगरबासीको घरदैलोमा पुगेको छु । म एक सामान्य मान्छे पनि हो । पछि चुनाव जितेर पढाए यस मान्छेसँग सजिल्लोसँग पहुच पनि हुन्छ भन्ने पनि छ । तेही भएर अहिलेको यो चनुव जमिनको मान्छे र जमिनदार बीचको लडाइ पनि हो । त्यसैले मलाई निर्वाचनमा जिताएर विराटनगरमा जनताले विकासको सारथी बनाउन आतुर भएका छन् ।

तपाइको चुनावी एजेण्डा के छ ?
मेरो उम्मेदवारी विराटनगरको विकासका लागि हो । विराटनगर प्रदेश १ को राजधानी भए पनि संरचना केही छैन । हामी राजधानीस्तरको सहर बनाउन चाहन्छौं । शिक्षा, स्वास्थ्य, र पूर्वाधारयुक्त सहरका रुपमा विकास गर्न चाहन्छौं । यतिमात्र होइन, विराटनगरलाई डुबानमुक्त सहर बनाउने अठोटका साथ मेरो उम्मेदवारी हो । प्रदेशको संरचना बनाउने सन्दर्भमा ल्याण्ड पुलिङमार्फत प्रदेश सरकारलाई मन्त्रालयहरु बनाउन जग्गा उपलब्ध गराउनेछौं ।

मेयर जित्नुभयो भने समृद्ध विराटनगर बनाउन के के गर्नुहुन्छ ?
सर्वप्रथम विराटनगरको पहिचान हुने गरी राजनीतिक संग्रहालय बनाउने छु । विराटनगरले जन्माएका बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको परिचय खुल्ने संग्रहालय स्थापना गर्न लागिपर्छु ।

पाँचवर्षमा अनुत्पादक खर्च हुने किसिमका कुनै पनि भौतिक संरचनामा लगानी गर्नेछैन । भ्युटावर नबनाउने प्रतिबद्धता मेरो पाँच वर्षे कार्यकालमा हुनेछ । महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र बनाउने छैन । अहिले अनावश्यक कर्मचारी नियुक्त गरी कार्यकता भर्तीकेन्द्र बनाइएको छ । अनावश्यक कर्मचारी कटौती गरी आन्तरिक व्ययभार घटाउने मेरो लक्ष्य रहेको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता नीति अख्तियार गरी अगाडि बढ्नेछु । प्रदेश १ को एकमात्रै महानगर र राजधानी सहर घोषणा गरिएकोले आर्थिक नगरीको महत्व घट्न नदिइने गरी एमालेको नेतृत्वले सुरु गरेको विराटनगर चक्रपथ पाँचवर्षमा सम्पन्न गर्न लागिपर्छु । यसैगरी आन्तरिक आय वृद्धिका कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउँछु । साथै ‘विराटनगर डुबानको सहर’ भन्ने परिचय हटाउने मेरो पहिलो प्रयास गर्नेछु ।

महानगरलाई डुबानमुक्त बनाउने मेरो सोच लक्ष्य रहेको छ । विराटनगरको दक्षिणी क्षेत्रमा वर्सेनि हुने डुबानको समस्या समाधान गर्नेछु । भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गर्ने प्रमुख एजेन्डा मेरो हुनेछ । समृद्ध महानगर बनाउने संकल्प बोकेर उम्मेदवारी दिएको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५