AArya
RUMPUM
animated ellipse animated ellipse

‘मानसिक रोगका कारण हुने आत्हत्या नियन्त्रणका लागि सचेतना आवश्यक छ’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०८२, आईतवार १८:१७
81
Shares
विराटनगर / मानसिक रोगका कारण हुने आत्महत्या नियन्त्रणका लागि परिवार, समाजमा सचेतना आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनकुटा वहुमुखी क्याम्पस धनकुटाले आज विराटनगरमा आयोजित आत्महत्या, लागु औषधि दुव्र्यसन तथा मानव वेचविखन नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले मानसिक रोगका हुने आत्महत्या नियन्त्रणका लागि व्यक्तिलाई हेला होइन परिवारिक माया, औषधिको नियमित प्रयोगले निको हुनाले यसतर्फ हामी सबैले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

सहभागीहरुले प्रत्येक गाउँ, शहरका स्वास्थ्य संस्था, क्लिनकमाा मानसिक रोगका लक्ष्यण, समाधानका उपायका सम्वन्धमा फ्ल्यासवोर्ड राखेमा आत्महत्याको वृद्धिलाई रोक्न सकिने धारणा राखेका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको कार्यक्रमको उद्घाटन गर्दै मानसिक रोगका कारण समाजमा हुने आत्महत्याको वृद्धिलाई नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरुको महत्पूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे । उनले आगामी वर्षमा प्रदेशमा रहेका शिक्षण अस्पतालको सहकार्यमा यस प्रदेशका सम्पूर्ण जिल्लामा आत्महत्या नियन्त्रणको सचेतना कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यले प्रदेशको पहिलो प्राथिमकता नागरिकको स्वास्थ्यप्रति सम्वेदनशील रहेको बताए ।

कार्यक्रममा क्याम्पसका प्रम्ख होमबहादुर बस्नेत,मनोविद चेतन खड्का, कोशी अस्पतालकी डा अजिता पौडेल र शारदा कुँवरले मानसिक रोगीलाई समुदाय,परिवार,चिकित्सकले उचित मनोपरामर्श दिइ आत्महत्याको वृद्धिदर रोक्न सकिने धारणा राखे ।

कार्यक्रममा मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्वास्थ्य संस्थामा कार्यतच चिकित्सक, स्वास्थ्यकर्मी र मनोविद गरी ६५ जनाको सहभागिता रहेको छ ।

नेपालमा प्रत्येक चार जनामा एक जना मानसिक रोगी रहनुका साथै दैनिक २० देखि २५ जनाले आत्महत्या गर्ने गरेका कार्यक्रममा बताइयो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर