AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कुर्सी बदल्ने तिर मात्र नलागौँ, कोशीमा सहमति गरेर जाहौं : उद्धव थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०८०, बुधबार १७:४२
189
Shares
विराटनगर / नेपाली काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशमा सहमति, सहकार्य र समन्य गरिनुको कुनै बिकल्प नरहेको बताएका छन् ।

कोशी प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै थापाले मुख्यमन्त्रीको कुर्सी मात्र बदल्ने तिर नगएर सहमति सहकार्य गरेर अगाडी बढनुपर्ने बताएका हुन् । ‘कहिलेसम्म कुर्सीको खेलमा लाग्ने हो । हामीले गम्भिरताको साथ सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘मध्यावतीमा जान नदिनको लागि प्रदेश सभामा रहेको दलहरू मिल्नुको बिकल्प छैन । त्यसैले हामी सहमति, सहकार्य र समन्य गरेर अगाडी बढौं ।’

सरकार बनाउने होडबाजीको कुरा छोडेर सहमति सहकार्य र एकता गरेर अगाडी बढनुपर्ने उनलेब ताए । ‘हाम्रो रहर पनि पुरा भइसक्यो । कसरी यो प्रदेशलाई अगाडी बढाउन सकिन्छ त्यसतिर लाग्नुपर्नेछ । सबैले ठुलो छाती बनाम । प्रदेश र प्रदेशबासीको समस्या बुझौ र त्यसमा लागौं । त्यसको लागि नेपाली काँग्रेस तयार छ,’ पुर्वमुख्यमन्त्री थापाले भने, ‘अब मिलेर जानुको बिकल्प छैन ।’ दुई महिनामा दुइ पटक मुख्यमन्त्री भएर आफुले एउटा इतिहास बनाएको उनले बताए । ‘त्यसमा म गर्भ गर्छु । इतिहास रच्ने बेला भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर