खबर पूर्वाञ्चल
आइसीपी भित्र आज दिउँसो एनएल ०१ एसी ०८०९ नम्बरको मालवहाक कन्टेनर पल्टिएको हो ।
भारतदेखि स्याउ बोकेर आएको कन्टेनर अनयन्त्रित भएर आइसीपि परिसर भित्र पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । अनयन्त्रित भएर पल्टिएको गाडी क्षती पुगे पनि मानवी क्षती नभएको प्रहरीले जनाएको छ । पल्टिएको मालवहाक कन्टेनर क्रेनको साहयताले उठाएको थियो ।