animated ellipse animated ellipse

कप्तान देव खनालको सतकमा कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनीसँग वागमती स्तब्ध, एपिएफ कर्णालीसँग पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०८०, शनिबार १७:४५
198
Shares
पुष्पराज थपलिया
विराटनगर/ कप्तान देव खनालको सतकमा कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश लगातार ३ खेलमा विजयी भएको छ ।

लुम्बिनीले आज भएको खेलमा वागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । जितसँगै लुम्बिनी ६ अंकका साथ समुह वी को शिर्ष स्थानमा यथावत रहेको छ । लुबिनीले यस अघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो ।

मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको खेलमा १ सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको सतकले १७ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । लुम्बिनीको जितमा कप्तान खनालले १ सय रनमा नटआउट रहे । उनले ५१ बलमा ७ छक्का र ७ चौका प्रहार गरि सतक पुरा गरे । खनालको सतक कोशी प्रदेश ट्रफिमा पहिलो सतक हो । त्यस्तै विशाल विक्रम केसीले नटआउट २७ रन बनाए । वागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । वागमतीका कप्तान रित गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गरि ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८ रन र उत्तम मगरले २५ रन र इसान पाण्डेले २१ रनको योगदान दिए । लुम्बिनीका चाहुल चैहानले ३ विकेट लिँदा कृष्ण कार्कीले २ विकेट लिए ।

विहान भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समुह ए मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकको साथ शिर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर खडा गरेको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा २ छक्का र २ चौका प्रहार गरि नटआउट ५५ रन बनाउँदा विपिन रावलले ३६ बलमा ३ छक्का र २ चौका प्रहार गरि ४२ रन र रविन्द्र शाहीले ३५ रनको योगदान दिए । एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले १–१ विकेट लिए ।

जवाफमा १ सय ६६ रनको लक्ष्य पाएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेट गुमाई १ सय १४ रन मात्र बनाउँन सक्यो । एपिएफका अमर रौटेलाले ३७ बलमा १ छक्का र २ चौका प्रहार गरि ३७ रन, हिमाञ्सु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए । कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा रविन्द्र साहले पनि २ विकेट तथा प्रकाश जैसीले १ विकेट लिए ।

आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेशविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर