खबर पूर्वाञ्चल
पेट्रोल पम्पमा आगोलागी हुँदा मण्डलसहित बुढीगंगा ३ का ५५ वर्षीय अशोक चौधरी पनि घाइते भएका थिए । उनीहरूको उपचार विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भइरहेको थियो । मण्डलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो ।
उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारपछि डिस्चार्ज भएको छ । उनीहरू दुवै जना पेट्रोल पम्पका कर्मचारी हुन् । पम्प भित्र आगलागी हुन थालेपछि उनीहरू निभाउन जाँदा घाइते भएका थिए ।