AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निमा स्मृति फाउण्डेशनद्वारा प्र्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य समाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० भाद्र २०७८, बुधबार १९:०१
369
Shares
विराटनगर / प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ ।

आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मल््य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले स्वास्थ्य सम्बन्धिका ११ प्रकारका विभिन्न सरसमानहरु हस्तान्तरण गरेको फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी इिइन् । उनका अनुसार गाउन २४०० थान, फेस शिल्ड २३३२ थान, मास्क ८४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५३६० थान रहेको छ ।

मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय भएको बताए । २००७ सालका क्रान्तिका योद्धा स्व.प्रतिमान चन्द्र बोहोराको स्मृतिमा उहाँका परिवारले फाउण्डेशन खोली स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद समेत दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरुमा प्रदेश सरकारसंग समन्वय गरि यस प्रदेशमा कोरोना महामारीसंग लड्न र बच्नका लागी आवश्यक पर्ने थप सामाग्री, प्रशिक्षणलगायतका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
संस्थाले यस अघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरि सकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर