खबर पूर्वाञ्चल
इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पुल शिलान्यास गरेका हुन् । ४ करोड १६ लाख ४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोडने सो पुल निर्माण पछि स्थानीय अत्यन्तै लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले वताए । खेतीपाती गर्न र कृषि उपज वजार पुर्याउनका लागि स्थानीयलाई पुल अतिनै आवश्यक भएकाले उपमहानगरले तीन बर्षको रकम जुटाएर पुल निर्माण थालेको उनको भनाई छ ।
वडा नम्वर १५ का कार्यवाहक वडाध्यक्ष सुवोध नारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित वनेको वताए । यो इटहरी उपमहानगरपालिकाको पुल निर्माणको ठूलो योजना हो । साढे चार बर्षको अवधिमा इटहरीमा ठूला दुई सहित साना ठूला गरि १९ वटा पुल निर्माण भएका छन । भोटिया खोलासहित दुई वटा ठूला पूल योजना अहिले संचालित छन् ।