AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित, निर्वाचित हुने पहिलो महिला अध्यक्ष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७८, आईतवार १५:३६
2.73k
Shares
विराटनगर / निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । प्याब्सन मोरङको इतिहासमा निर्वाचित हुने पहिलो महिला अध्यक्ष सुबा १५ औं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित भएकी हुन् ।

२०४७ सालमा प्याब्सन स्थापना भएयता महिला अध्यक्षमा निर्विरोध निर्वाचत भएको थिएन । यसअिघ सावित्री पराजुलीले चलाएकी थिइन् । निर्वाचनबाट सर्वसम्मत रूपमा निर्वाचित भएर नेतृत्वमा आएकी सुब्बा मोरङ प्याब्सनमा पहिलो महिला अध्यक्ष हुन् । पराजुली २०५५ सालमा तत्कालीन अध्यक्ष केशवलाल सिंह सुवालले पदबाट राजीनामा दिएपछि अध्यक्ष बनेकी हन् । पराजुली प्याब्सनको पहिलो महिला जिल्ला अध्यक्ष पनि हन् ।

विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलकी प्रिन्सिपलसमेत रहेकी सुब्बाले निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने बताएकी छिन् ।

आज विहान सम्पन्न भएको प्याब्सनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल निर्वाचित भएका छन् । अध्यक्षमा सुब्बा र वरिष्ठ उपाध्यक्षमा सुवाल निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदाधिकारीको चार पदमा निर्वाचन भएको थियो । दुई जना उपाध्यक्षको पदमा तीन जनाले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा भक्तराज सुब्बाले १ सय ७ मत र सुरेन्द्र सुवेदीले १ सय ३१ मत ल्याएर बिजयी भए । इन्द्र राईले ९८ मत ल्याएर उपाध्यक्षमा पराजित भए । सचिवमा जगतबहादुर बस्नेतले ९९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी देवी सिटौलाले ७९ मत ल्याए । कोषाध्यक्षमा विष्णु डंगोलले १ सय ३ मत ल्याएर निर्वाचित हुँदा उनक प्रतिस्पर्धी खगेन्द्रराज भण्डारीले ६८ मत ल्याए । सह–सचिवमा मनोज रेग्मी र विकर्ण कार्की निर्विरोध भए । सह–कोषाध्यक्षमा गोलाप्रथाबाट भुपाल बस्नेत निर्वाचत भए । निर्वाचनमा उनीहरूको सह–कोषाध्यक्षको मतदानमा केदार पौडेल र भूपाल बस्नेतले समान ८७/ ८७ मत ल्याएर थिए । समान मत आएपछि गोलाप्रथाबाट बस्नेत निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यहरुमा रुद्र थापा, दिपकप्रसाद घिमिरे, कमलप्रसाद तिम्सिना, अमिस रेग्मी र मणिराज भट्टराई निर्विरोध भएका छन् । प्याब्सनमा पालिका तर्फबाट पनि १÷१ जना सदस्य चयन हुने गर्दछ । पालिकातर्फको लेटाङबाट भोलानाथ पाण्डे, सुनवर्सीदेखि कसराज राजवंशी, उर्लाबारीदेखि रियन्द्रबहादुर थापा, मिक्लाजुङदेखि अमित खड्का निर्विरोध भए । यस्तै पथरी शनिश्चिरेदेखि राजु तिम्सिना, रतुवामाइदेखि छविलाल बास्कोटा, रंगेलीदेखि जिवन खनाल, विराटनगरदेखि सिएम श्रेष्ठ, कटहरीदेखि सिताराम विक निर्विरोध सदस्यमा निर्वाचित भएका छन् । बेलबारी र सुन्दरहरैचाबाट सदस्य छनौटमा निर्वाचन भयो । बेलकारीका तेजबहादुर खत्रीले १ सय २२ मत ल्याएर निर्वाचत भए । उनका प्रतिस्पर्धी महेन्द्र गिरीले ५७ मत ल्याए । यस्तै सुन्दरहरैचका अर्जुन ढकालले १३२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी गणेशप्रसाद दाहालले ४७ मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर