AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज एकै दिन ३० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३३४ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०७७, शुक्रबार २०:०६
3
Shares
विराटनगर / प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३४ पुगेको छ । आज एकै दिन ३० जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३४ पुगेको हो ।

झापामा १३ जना, सुनसरीमा १० जना, उदयपुरमा र मोरङमा ३–३ जना तथा इलामा १ जनामा कोरोना संक्रमण थपिएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विराटनगर र धरानको प्रयोगशालामा गरिएको परीक्षणमा यी संक्रमित भेटिएका हन् ।

प्रदेश १ को ओखलढुंगा जिल्लाबाहेक सवै जिल्लामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्ला दिन भेटिएका संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

प्रदेशसमा सबैभन्दा धेरै संक्रमित झापामा १६७ जना भेटिएका छन् । त्यसबाहेक मोरङमा ४२, सुनसरीमा ५६, धनकुटामा ८, भोजपुरमा ६ र खोटाङमा ४ जना संक्रमित पहिचान भएको छ । यसैगरी उदयपुरमा ४२, सोलुमा १, संखुवासभामा २, तेह्रथुममा २, इलाममा १ र ताप्लेजुङमा ४ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशमा अहिलेसम्म १६३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितहरूको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर