पछिल्लो २४ घण्टामा प्रदेश १ मा थपिए ७६९ जना संक्रमण, ४८५ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, ४ भाद्र २०७८, शुक्रबार १६:५१

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा ३, गौरीगञ्जमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रंगेली र कानेपोखरीमा ३–३, मिक्लाजुङ र रतुवामाईमा २–२, कटहरी र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा ४३, धरानमा २३, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनी, हरिनगर, दुहवी र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिकामा ११, मांसेबुङ र चुलाचुलीमा २–२, फाकफोकथुममा १, पाँचथरको फिदिममा ८, कुम्बायकमा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटामा ४, छथरजोरपाटीमा २, साँघुरीगढी र शहिदभूमीमा १–१, उदयपुरको उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका २, संखुवासभामा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५