AArya
RUMPUM
animated ellipse animated ellipse

पहिलो नेपाल ग्रासरुट क्रिकेट महोत्सव विराटनगरमा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ श्रावण २०८२, सोमबार १४:११
36
Shares
विराटनगर / पहिलो नेपाल ग्रासरुट क्रिकेट महोत्सव २०८२ विराटनगर–६ स्थित मेरीलेबोन ज्वालाक्रिकेट मैदानमा सम्पन्न भएको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरीलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट बाउण्ड्रीजको सहकार्यमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धनमा कार्यक्रम सम्पन्न भएको हो ।

महोत्सवको उद्देश्य कोशी र मधेश प्रदेशका विभिन्न हबबाट खेलाडीहरुलाई सहभागी गराई नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाइको अवसर सृजना गर्नु नेपाल क्रिकेट फाउण्डेशनका संस्थापक अध्यक्ष अविशेक श्रेष्ठले बताए । कोशी प्रदेशका विराटनगर, सुनसरी (टरहरा), उदयपुर, पथरी र मधेश प्रदेशका सिरहा र राजविराजबाट छ वटा हबबाट ८२ जना बालिकाहरूको सक्रिय सहभागिता रहेका थिए । महोत्सवभर ८ ओभरको सफ्ट बल क्रिकेटका १३ वटा खेलहरू विहानैदेखि दिउँसोसम्म सञ्चालन गरिएको थियो । हरेक हबले एकअर्कासँग खेल खेल्ने अवसर पाएका थिए ।

प्रतियोगितात्मक रूपमा पहिलो र दोस्रो स्थान निर्धारण गरिएको थिएन । यो महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको को अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा उत्कृष्ट हुने छात्रा खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान क्रिकेट विकास समिति सदस्य अल्विन बस्नेत, मोरङ जिल्ला क्रिकेट संघका महमद साद कुरेशी, क्यान महिला क्रिकेट विकास समिति सदस्य जिना श्रेष्ठ, क्रिकेट विथाउट बाउण्ड्रीजकी सारा बेग र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर